विविए परीक्षाका उत्कृष्ठ विद्यार्थीहरु पुरस्कृत

दमक,१८ साउन । दमक बहुमुखी क्याम्पसले विविएमा अध्ययनरत ६ जना उत्कृष्ठ विद्यार्थीलाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरेको छ । विविए विभागले शुक्रवार एक कार्यक्रम गरि विविएका विभिन्न सेमेस्टरबाट उत्कृष्ठ अंक ल्याउने ६ जना विद्यार्थीहरुलाई जनही नगद रु ४८ हजारसहित सम्मानसहित पुरस्कृत गरेको हो ।
यसरी पुरस्कृत हुनेहरुमा विविए दोश्रो समेस्टरकी कृतिका बराल,चौथो सेमेस्टरका मोहन थापा र प्रतिका दाहाल,तेश्रो सेमेस्टारका मोहन थापा र जिना थापा, छैठौ सेमेस्टारकी अस्मिता दाहाल र सातौं सेमेस्टारकी युगेश्वरा गजुरेललाई जनही रु ४० हजारका दरले प्रोत्साहन स्वरुप नगदसहित प्रमाणपत्रद्धारा पुरस्कृत गरियो ।
उनीहरुलाई क्याम्पसका अध्यक्ष ढुण्डिराज भण्डारी,क्याम्पस प्रमुख यज्ञराज गिरी (राम) ,विविए विभाग प्रमुख आरसी अधिकारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । क्याम्पसले पहिलोपटक विविएका अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको विविए विभागका प्रमुख आरसी अधिकारीले जानकारी दिए ।
उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्दे क्याम्पसका अध्यक्ष भण्डारीले विविए परीक्षाको नतिजाले क्याम्पसको शैक्षिक विकासमा टेवा पुगेको उल्लेख गरे । उनले विद्यार्थीको पठनपाठनलाई थप व्यवस्थित बनाउन विविएका सवै कक्षा कोठामा चिसोका लागि आजभोलिनै एसी जडान गरिने प्रतिवद्धता जनाए ।
सो अवसरमा क्याम्पस प्रमुख गिरी, सहायक क्याम्पस प्रमुख पारष आचार्य, विविएका फोकल पर्सन रत्न थापा, स्ववियूका सदस्य हेमन्त सिटौला लगायतले विविएको शैक्षिक विषय माथि चर्चा गरेका थिए ।
क्याम्पसमा गएको पाँच वर्षदेखि विविए विषयको पठनपाठन हुदैआएको छ । कक्षा १२ को नतिजा आएसंगै विविए अध्ययनका लागि सिमित संख्यामा नयाँ भर्ना खुलेको क्याम्पस प्रमुख गिरीले जानकारी दिए । उनका अनुसार यसवर्ष विविएमा ६६ सिटका लागि नयाँ भर्ना खुलेको छ ।

Leave a Reply

Your email address will not be published.