दमक नगर इसाई समाजको रक्तदानमा १०३ प्रिन्ट रगत संकलन

दमक, १७ साउन । दमक नगर इसाई समाजले आफनो २८औं स्थापना दिवस तथा दोस्रो बार्षिक साधारणसभाको अवसर पारेर पारेर आज दमकमा आयोजना गरेको ४४औं खुल्लाव्यापी रक्तदान कार्यक्रममा १०३ पिन्ट रगत संकलन भएको छ ।

स्थानीय वर पिपल चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ महिलासहित १०३ जनाले रगतदान गरेको समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिए । कार्यक्रमको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरेका थिए ।दमकमा इसाई समाज स्थापना भएको २८ औं वर्ष पुगेको अवसरमा समाजले यसरीनै बर्सेनी रक्तदान गरिआएको छ ।

रक्तदान कार्यक्रममा इसाई समाजका अगुवा मुक्ति किराती थुलुङ, दमक नगर इसाई समाजका सल्लाहकार पाष्टर राजकुमार नाछिरिङ राई, जीवन चक्र समाज नेपालका अध्यक्ष तथा सामाजिका अभियान्ता गणेश प्रसाद गौतम, होटल व्यवसायी संघका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपाने, पाष्टर कुमार तामाङ, पाष्टर डिके बेघा, पाष्टर दावा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरुलाई संस्थाको तर्फबाट मायाको चिनो स्वरुप फूलको विरुवा वितरण गरिएको थियो ।

भोलिदेखि दुई दिने फूटसल
समाजले आफ्नो २८ बार्षिकोत्सव तथा दोस्रो वार्षिक साधारणसभाको अवसर पारेर दमकमा भोलि बिहिबारदेखि आयोजना गरेको दुई दिने अन्तर इसाई समाज फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । दमक ५ गोर्खाली टोलको फुटसल खेल मैदानमा हुने फुटसल प्रतियोगितामा कोशी प्रदेशभरीका १६ वटा टिमको सहभागिता रहने भएको छ ।प्रतियोगितामा बिजेताले टिमले नगद २० हजार, उपबिजेता टिमले नगद १५ हजार र तेस्रो तथा सान्तवना पुरुस्कार नगद ५ हजारसहित मेडल, ट्रफि र शिल्ड हात पार्ने भएको छ ।
त्यस्तैं, प्रतियोगिताका लागि मूख्य प्रायोजक कर्नर स्टोन फाउन्डेसन दमकले गर्ने भएको छ । प्रतियोगितामा उपबिजेता टिमका लागि पुरुस्कार हार्भेष्ट सामुदायिक सेवा नेपालबाट र सान्तवना पुरुस्कारका लागि ग्रीनवे एजुकेशनल एकेडेमी दमकले प्रायोजन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.