कोपिलाले दिइन दमकको आश्रमलाई सहयोग

दमक,१७ साउन । झापा,कमल गाउँपालिका ५ मंगलवारे घर भई हाल रोजगारीका क्रममा दुवईमा बस्दैआएकी सामाजिक अगुवा कोपिला बस्नेतले दमकको रत्न ज्येष्ठ नागरिक वृद्धाश्रमलाई सहयोग उपलव्ध गराएकी छन् ।
दुई दिन घर आएकी अवसर पारेर उनले आज दमक -४ स्थित आश्रममै पुगेर सहयोगी सामाग्रीहरु प्रदान गरेकी हुन् । ती सामाग्रीहरु उनीसहित उनका पिता नारायणदत्त र आमा देवीमाया बस्नेतले हस्तान्तरण गरेका थिए ।
दाता बस्नेतका अनुसार आश्रममा आश्रित ज्येष्ठ आमाबुबाका लागि ९ थान बेड तन्ना, सिरानी, एक थान सिलिङ्गफेन ,दुई कार्टुन चाउचाउ, फिनेलसहित नगद रु ३ हजार उपलव्ध गराईएको हो ।
आश्रममा हाल ९ जना सहाराविहीन आमाबुबाहरु आश्रित छन् ।
संक्षिप्त सहयोग हस्तान्तरण कार्यक्रममा दाता बस्नेतले विदेशमा आर्जन गरेको कमाई बचत गरि बर्सेनी आफना गाउँघरका गरिव,दिनदुखीलाई थोरैभएपनि सहयोग पुरयाँउदैआएको बताईन् ।
उनले यसअघि समेत विभिन्न सामाजिक कार्यमा स्वेच्छिक सहयोग पुरयाँउदैआएकी छन् ।

Leave a Reply

Your email address will not be published.