
कमल,१८ साउन । मिगौलामा समस्या देखिएपछि आर्थिक अवस्था कमजोर भएका झापा, कमल गाउँपालिका वडा नं २ का भण्डारी परिवारले सहयोगको याचना गरिआएका छन् ।
ज्योति माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत ६ बर्षिय बालक मान बहादुर भण्डारीको मिगौलामा समस्या आएपछि पीडित परिवारले उपचारका लागि याचना गरेका हुन् । विरामीका पिता शारीरिक रुपमा अशक्त भएका र उपचारका लागि उनी अध्ययनरत विद्यालयका शिक्षकहरुले पहल थालेका छन् ।
विरामी अहिले दमकस्थित आम्दा अस्पतालमा बेड नं ५४ मा उपचाररत छन् । थप उपचारका लागि विरामीलाई सुविधासम्पन्न अस्पतालमा लैजानु पर्ने र त्यसका लागि परिवारसंग आर्थिक स्थिति अत्यन्तै नाजुक भएपछि सहयोगी मनहरुसंग याचना गरिआएको शिक्षक दुर्गावहादुर न्यौपानेले बताए ।
उनले विरामी बालकलाई बचाउन मानवताको नाताले आर्थिक सहयोगका लागि सवैसंग अनुरोध गरेको बताए । उनका अनुसार विरामीलाई सहयोग गर्न इच्छुकले सोझै मोवाइल ९८४२२५०८३२ सम्पर्क गर्न वा दुर्गावहादुर न्यौपानेको सिद्धार्थ बैंकको खाता नं ००७१५१८१७७८ मा समेत सहयोग रकम जम्मा गर्न सकिने जनाईएको छ ।
यसैवीच,विरामीको उपचारका लागि अमेरिका बस्दैआएकी विष्णुमाया तामाङबाट रु २० हजार, अनिता पाण्डे मार्फत चितवन चाइल्ड डेभलपमेन्ट मन्टेश्वरी तथा चितवन काउन महिला समितिबाट रु १३ हजार, सुजता सुवेदीबाट रु ५,१३०, व्यवसायी रविन थापाबाट रु ५,००० लगायत विभिन्न व्यक्तिमार्फत गरि हालसम्म ७५ हजार ३४० रुपैया जम्मा भएको जनाइएको छ ।