किरण मेमोरियल फूटसल टुर्नामेन्टको उपाधि विराटचौक एफसीलाई

दमक,१७ साउन । झापा,कमल– ५ का दिवंगत लक्ष्मीप्रसाद लिम्बूको (किरण )को स्मृतिमा दमकमा सञ्चालित फूटसल प्रतियोगिताको उपाधि मोरङको विराटचौक फूटसल टिमले जितेको छ । दमक -५ स्थित विष्ट फूटसल खेल मैदानमा शुक्रवार आयोजित एक दिवसीय खुला फूटसल प्रतियोगितामा विजेता विराटचौकले दमकको रियल स्टार एफसीलाई २ का विरुद्ध ५ गोल गरि उपाधि जितेको हो ।

विराटचौक एफसीले उपाधिसंगै नगद ५० हजारसहित प्रमाणपत्र तथा ट्रफि प्राप्त ग¥यो भने उपविजेता वनेको रियल स्टार एफसीले नगद २५ हजारसहित ट्रफि तथा प्रमाणपत्रमा चित्त बुझाउनु प¥यो ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडीका रुपमा नेयक्छोन जंग कार्की ,हाइ स्कोररमा युगेश सम्बाहाम्फे, , उत्कृष्ठ गोलकिपरमा सुमित साहलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगिताका विजेता,उपविजेता टिमका खेलाडीहरुलाई स्व. किरणका परिवार, उनका साथीभाईहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा दमकसहित झापा, मोरङ,सुनसरी र इलामका १५ वटा फूटसल टिमले भाग लिएका प्रतियोगिताका संयोजक सुमन राईले जानकारी दिए । स्व. किरणको स्मृतिमा पहिलोपटक उनका परिवारसहित साथीभाई सर्कलको अगुवाईमा फूटसलको आयोजना गरिएको हो ।

प्रतियोगिता खेल मात्र नभएर स्मृतिमा सम्मान र मित्रताको प्रतिकलाई जिउँदो बनाउन यस किसिमको प्रतियोगिता गर्न लागिएको उनले बताएका छन् । ३० बर्षिय लिम्बूको गतवर्ष मोटरसाइकल दुर्घटनाका कारण विर्तामोडमा निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.