दुधेमा देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने

दुधे,१६ साउन । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ ।आयोजक झापा महिला गोल्डकपले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीको बारे जानकारी दिएको हो ।

शिवसताक्षी नगरपालिकाद्वारा यस क्षेत्रमा निर्माणाधिन दुधे रङ्गशालामा हुने उक्त प्रतियोगितामा आयोजक टिमसहित नेपालका विभागीय टिम त्रिभुवन आर्मी, एपिएफ र नेपाल प्रहरी, छिमेकी मुलुक भारत र भुटानको एक एक टिम तथा ‘ए’ डिभिजनका थप दुई गरी आठ टिमको सहभागिता रहने आयोजक समितिका संयोजक सन्तोष थ्रोपा लिम्बूले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कुल एक करोड रुपियाँ लगानी हुने आयोजकले जनाएको छ ।

विजेता टोलीलाई हालसम्म नेपालको प्रतियोगितामा महिला फुलटबलको सर्वाधिक पुरस्कार सात लाख ५० हजार रुपियाँ प्रदान गरिने पनि अध्यक्ष थ्रोपाले जानकारी दिए । प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा शिवसताक्षी नगरपालिकाका प्रमुख थ्रोपा , उपप्रमुख नरमाया कार्की, झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ्ग लगायतले प्रतियोगिता सफल पार्न सवैले सहयोग पुरयाँउनु पर्ने बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published.