
झापा,१७ साउन । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन ) गरेकी एक बालिकाले बुधबार बिहान विराटनगरको कोशी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् ।
झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ ।
प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमीले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ ।(अन्नपूर्ण पोष्टबाट )