ब्राउनसुगरसहित बुद्धशान्तिका राई दाजुभाइ पक्राउ

बिर्तामोड,१४ साउन। प्रतिबन्धित लागूऔषधसहित झापाको बुद्धशान्तिबाट एकाघरका दाजुभाई पक्राउ परेका छन् ।आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका- ४ सट्टाभर्नामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय सम्बर राईलाई शङ्का लागेर जाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो ।
सम्बरसँगै कोठामा रहेका उनका भाइ २३ वर्षीय सुरेन्द्र राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.