पथरीशनिश्चरे नगरको ६८करोड८१ लाख बढी आय, ८३३ प्रतिशत यथार्थ खर्च

पथरीशनिश्चरे, १४साउन । पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकालाई गत आर्थिक वर्ष २०७७-०७८ मा ६८ करोड ८१ लाख ४१ ह्जार ७ सय ४६ रुपैंया ८१ पैसा वास्तविक आय भएको छ ।
उक्त आय रकमबाट ६० करोड ८१ लाख २० हजार ८ सय ९७ रुपैंया २० पैसा यथार्थ खर्च भएको हो । जुन कुल वास्तविक आयको ८३.३ प्रतिशत चालु खर्च हो भने ६३.३प्रतिशत पुँजीगत खर्च भएको हो । जसमा ८ करोड २० हजार ८ सय४९ रुपैंया नगद मौज्दात बचतका रुपमा रहेको जनाईएको छ ।
उक्त वचत रकममा नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिका ,स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको भुक्तानी दिन बांकी तलब समेत समाविष्ट रहेकोछ ।
विभित्र प्रस्तावित आयोजनाहरूका लागि विनियोजित रकममध्येबाट ठेकेदार कम्पनीसित घटाघट प्रकृयाद्वारा ठेक्का( संझौता गरिदां बाँकी रहने बजेट रकम नेपाल सरकारको खातामा नै फिर्ता हुने प्रावधान भएअनुरुप नै १६.७ प्रतिशत बजेट संघीय सरकारको खातामा फिर्ता भएको छ भने
नगरपालिकालाई प्राप्त वास्तविक बजेटबाट समयावधिभित्रै सबै योजनाहरू कार्यान्वयन भई निर्माण सम्पन्न भैसकेको पनि प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए ।
गत आवमा बुद्ध मार्ग , रजत जयन्ती ,दोहोलु शुक्रबारे , पशुपति त्रिवेणी सडक,शनिश्चरे चौकी जाने बाटो लगायतमा कालोपत्रे गरिएको थियो भने नगर क्षेत्रभित्रका सडक, सेल्फी रोड समेतको मर्मत सम्भार गरिएको थियो । कृषि बजार पूर्वाधार ,बक्राहा खोलाको अधुरो पुल , बुद्ध माविको भवन , जयनगर होलीमा कल्भर्ट , मिलन चौक पश्चिमको होलीमा कल्भर्ट , आदि भौतिक पूर्वाधारहरुको निर्माण भएको थियो । बुद्धमार्गमा कालोपत्र गर्नका लागि ४ करोड ५ लाख ९६ हजार अनुमानित लागतमध्यें ३करोड २लाख ३५ हजार ५ सय रुपैंया यथार्थ खर्च भएको छ भने सोहि मार्गमा कालोपत्रे गर्न चालु आवका लागि थप १ करोड रुपैंया बराबरको बजेट अनुमानित प्रस्ताव गरिएको छ ।

यस वर्षमा पनि रजत जयन्ती र दोहोलु शुक्रबारे सडकमा १ – १ करोड रुपैंया पुनःविनियोजन गरीएको छ । गत वर्ष ति दुई मार्गमा कालोपत्रेका लागि कुल २ करोड ५०लाख २५ हजार ३ सय२०रुपैंया खर्चिएको थियो । रजत जयन्ती मार्गका लागि १ करोड २४ लाख ४९ हजार ९ सय ५० रुपैंया र दोहोलु शुक्रबारेका लागि १ करोड २५ लाख ७५ हजार ३ सय७० रुपैंया यथार्थ खर्च भएको लेखा शाखाका लेखापाल मीन बहादुर कार्कीले बताए।
यसैगरी,शान्तिचोक हुदै नगरअस्पतालसम्म जाने कालोपत्रे गर्नका लागि ४५ लाख ५० हजार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तगर्त तराइ मधेश संम्वृद्धि कार्यक्रमबाट विनियोजन भएको बताइएको छ । उक्त विनियाजित रकम कम भएको भन्दै स्थानियवासीले अब बन्ने सडकको दुवै तर्फ ढल निर्माणका लागि समेत आवश्यक बजेट व्यवस्था गरिदिन नगरपालिकाका प्रमुख दिलिप कुमार राई समझ अनुरोध सहित माग गरिएको अग्रज यूवा रणबहादुर सुब्बाले बताए।

Leave a Reply

Your email address will not be published.