
विराटनगर १४ साउन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमाथि मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घरमा पुगेको भन्ने आरोप लागेपछि विवादित बनेका छन । रातको समयमा आफ्ना निकटका कार्यकर्तालाई खोप लगाएको उनिमाथि आरोप लागेको छ ।
खोप लगाउन प्रयोग भएको भनिएका घरका मूली एवं विराटनगर महानगरपालिका–५ का काँग्रेस बुथ सभापति विमल राजभण्डारी विवादपछि सम्पर्कमा आएका छैनन भने प्रहरीले पनि सो विषयमा औपचारिक जानकारी दिएको छैन । जसका कारण पनि घटना थप रहस्यमय बनेको महानगरवासीको भानाई रहेको छ । तर मेयर पराजुलीले भने आफूमाथि लगाइएको आरोप निराधार भएको बताउदै आएका छन ।
मेयर पराजुलीले खोप लगाएको प्रमाणित गरेर देखाउन समेत बताउर्द आएका छन । मेयर पराजुलीले भने आफु खोप लगाइएको भन्ने स्थलमा नगएको र कसैलाई खोप पनि नलगाइएको दाबीगर्दै आफुमाथि प्रतिसोध साधिएको बताएका छन । काँग्रेसको महाधिबेशनको मिति नजिकीनै लागेकाले आफ्नो चरित्रमाथि बदनाम गर्न गलत प्रचार गरिएको उनको दाबी छ ।