दमक १० मा जेष्ठ नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप

दमक, १४ साउन । झापाको दमक नगरपालिका वडा नम्बर १० का ५५ वर्षमाथिका जेष्ठ नागरिकहरुले आज कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन । ५५ बर्षमाथिको उमेर समुहका नागरिकलाई कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाइएको दमक १० नम्बर वडाका वडा अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए ।

वडा कार्यालयको तथ्याकंमा सो उमेर समुहका करिब चार सय जना जेष्ठ नागरिकहरु रहेको वडा अध्यक्ष न्यौपानेले बताए । १० नम्वर वडाकालागि ३८० वटा मात्र खोप उपलब्ध रहेको भएपनि खोप लिने मापदण्डमा परेका नागरिकको संख्या बढि भए सोहि अनुपातमा खोप थप गरिने पनि न्यौपानेले बताए ।

अहिले दमक नगरपालिकाले आफना हरेक वडामा वडामा कोरोना भाईरस विरुद्धको खोप सेवा सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.