प्रेस सेन्टर झापाद्धारा संगठनात्मक समिक्षा, चार विभाग गठन

झापा,१२ साउन । प्रेस सेन्टर नेपाल झापाले भाबी कार्ययोजनाका बिषयमा छलफल गरेको छ । विहिबार बिर्तामोडमा भएको संगठनको बिस्तारित बैठकमा विविध बिषयमा छलफल गर्दै संगठनको भावी कार्ययोजना निर्माण गरेको अध्यक्ष राजु पाठकले जानकारी दिए ।
उनका अनुसार बैठकमा संगठनले बिगतमा गरेको कार्ययोजनाको समिक्षासहित भाबी कार्यायोजनाका बिषयमा बृहत छलफल गरेको थियो । संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउन भावी कार्ययोजना निर्माणको बिषयमा समेत व्यापक छलफल भएको थियो । बैठकमा संगठनका अगुवाहरुले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुलाई प्रबिधिमैत्री बन्न र प्रबिधिको उच्चतम प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
चार विभागीय समिति गठन
बैठकले डिकेश लामाको नेतृत्वमा राजु बराल र पार्थ मण्डल सदस्य रहेको तालिम तथा प्रशिक्षण उपसमिति, लिलाराज झापालीको संयोजकत्वमा प्रकाश उप्रेती र भेषराज नेपाल सदस्य रहेको अनुशासन उपसमिति, प्रकाश उप्रेती संयोजकत्वमा आइपी भट्टराई र भोला तिम्सिना सदस्य रहेको आर्थिक उपसमिति र झुलन रेग्मीको संयोजकत्वमा उद्धव पुरी र पुजन आचार्य सदस्य रहेको संगठन सुदृढीकरण उपसमिति गठन गरेको छ ।
बैठकमा सेन्टरका प्रदेश सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, केन्द्रीय सचिव तथा पत्रकार महासंघ प्रदेश समिति कोषाध्यक्ष विमल लामिछानेले बैठकमा उठेका सवालहरुमा आफ्ना धारणा राख्नुका साथै प्रश्नको जवाफ दिएका थिए ।
सोही कार्यक्रमकाबिच अक्षयकोष निर्माणका लागि प्रदेश सदस्य आइपी भट्टराईले एघार हजार एक सय एघार हजार उपलब्ध गराउने घोषणा गरे । कार्यक्रमको सहजीकरण सचिव पुष्प खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.