मालपोत दमकले उठायो रु ४७ करोड बढी राजस्व


दमक,११ साउन । मालपोत कार्यालय दमकले गएको अघिल्ला बर्षको तुलनामा गएको बर्षमा करिव दोव्वर बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आर्थिक बर्ष २०७७-७८ को अवधिमा लिखत रजिष्ट्रेसन वापत रु ३२ करोड ७१ लाख २४ हजार १८ रुपैया र पूंजीगत लाभकर वापत रु १४ करोड ४६ लाख ६१ हजार ५७४ गरि कुल रु ४७ करोड १७ लाख ८५ हजार ५९२ रुपैया राजस्व संकलन गरेको कार्यालयका प्रमुख तारानाथ दंगालले बतए ।
कार्यालयले आव २०७६-७७ मा भने लिखत रजिष्ट्रेसन वापत रु १८ करोड २५ लाख ९६ हजार ३०२ ,पूंजीगत लाभकर वापत रु ६ करोड ६७ लाख ९३ हजार ३३३ रुपैया गरि कुल रु २४ करोड ९३ लाख ८९ हजार ६३५ रुपैया राजस्व संकलन गरिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्ला बर्षको तुलनामा कार्यालयले रु २२ करोड २३ लाख बढी राजस्व बृद्धि गराउन सफल भएको उनले बताए । यो बृद्धि राजस्व हालसम्मकै धेरै भएको कार्यालयले दावी गरेको छ ।
उनका अनुसार गएको आर्थिक बर्षमा २२ हजार ७६२ वटा लिखत पास भएका थिए । लिखत पास मध्ये रु ३९ लाख १७ हजार १ सय ८० रुपैया छुट पाएको उनले जानकारी दिए । महिलाको नाममा जग्गा पास भएवापत २५ प्रतिशत राजस्व छुट दिने नियम छ ।

छुट पाउनेमा महिलाको संख्या ६६३८

यसरी छुट पाउनेमा महिलाको संख्या ६६३८ रहेका छन् । त्यस मध्ये ५४ दलित र अन्य ४ जना रहेका छन् । छुट वापत महिलाले रु ३ करोड ४४ लाख ९९ हजार ८२०, दलित तर्फ रु ३ लाख ४४ हजार ६२१ र अन्यतर्फ रु ३९ लाख १७ हजार १८० रुपैया पाएको उनले जानकारी दिए ।
सोहि अवधिमा मुद्धा फाटमा दर्ता भएका २७८४ वटा मुद्धा मध्ये २७६८ वटा मुद्धा नियमानुसार फस्यौट भएका १६ वटा भने बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रका दमक,शिवसताक्षी,गौरादह नगरपालिकासहित कमल र गौरीगञ्ज गाउँपालिकाका बासिन्दालाई भूमि सम्बन्धी सरकारी सेवा उपलव्ध गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.