
दमक,११ साउन । झापा, दमकका एक जना व्यक्ति बैङ्किङ कसुर मुद्धाको आरोपमा पक्राउ परेका छन् । उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्धामा दमक ५ बस्ने ४७ बर्षिय बिनोदकुमार कार्की पक्राउ परेका हुन् ।
उनलाई २०७७ मंसिर ३० गते अदालतले तीन दिन कैद ,७ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २८ हजार रुपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो । फरार रहेका कार्कीलाई सर्वोच्च अदालत निर्देशनालयद्धारा गठित फैसला कार्यान्वयन गर्न झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रवक्ता राकेश थापाले बताएका छन् ।