दमक,७ साउन । झापाको दमकमा इन्टर स्कूल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन– २०२३ को अडिशन राउण्ड शुरु भएको छ ।१७ बर्ष मुनीका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको आइकनको दमकमा पहिलो अडिशन सम्पन्न भएको आयोजक संस्था किंग्स नेपाल क्रियशन कम्पन्नीका निर्देशक कृष्ण साहले बताए । उनका अनुसार गत साउन ६ गते दमकको कन्काई पार्टी प्यालेसमा सम्पन्न पहिलो चरणको अडिशनमा दमकसहित इलामका विभिन्न स्थान, मोरङको पथरी, उर्लाबारी, विराटचोक ,झापाको दमक, गौरादह, केर्खा, दूधे, झिलझिले, सुरुङ्गा लगायतका विभिन्न स्थानबाट प्रतिस्पर्धीहरु सहभागी भएका थिए ।
आइकनका विजेताले नगद ३० हजार, ट्याव, साईकल , छात्रबृतिसहित आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । यसैगरि, दोश्रो हुनेले नगद २० हजार,तेश्रो हुनेले १५ हजार,छात्रबृतिसहित आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।यस्तै,टपटेनसम्मका प्रतियोगिलाई छात्रवृति तथा टप ३० औ सम्मका प्रतियोगिलाई समेत आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक संस्थाका निर्देशक साहले बताएका छन् । प्रतियोगिता प्याव्सन झापाको सहकार्यमा हुने आयोजक संस्थाले जनाएका छन् ।
यसैगरि, प्रतियोगिताको दोस्रो अडिसन आगामी साउन १३ गते दमकस्थित किङ डान्स एकेडेमीको स्टुडियोमा हुने उनले जानकारी दिए । आइकनको यहि भदौ पहिलो साता ग्राण्ड फिनाले हुने बताईएको छ ।