
उर्लावारी ७ साउन । नेकपा एमाले उर्लावारी नगर कमिटिको विस्तारित बैठकका लागि तयार पारिएको हलमा तोडफोड भएको छ । बेठकलागि तयार गरिएको हल तोडफोड भएपछि नगर कमिटीको बैठक हल बाहिरै बसेको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेष पोखरेलको प्रमुख उपस्थितीमा अहिले बैठक शूरु भएको हो । केहि युवाहरुले बैठककालागि तयार परिएको हलको कुसी फाल्दा एक जना पार्टी कार्यकता घाईते भएको जनाएको छ । चलिरहेको छ । बैठक सुरु हुनु अगावै पार्टी सम्बद्ध रहेका केही युवाहरुले बैठक स्थलमा प्रबेशगरि कुर्सी टेबुल तोडफोड गरेका थिए ।
उर्लाबारी—८ स्थित एभरेष्ट फनपार्कमा बैठक बोलाइएको थियो । नेकपा एमाले उर्लाबारी नगर कमिटीका अध्यक्ष उमाकान्त गौतमले कार्यक्रम सुरु अगावै पार्टीका कार्यकर्ताहरुले बैठक कक्षमा प्रबेशगरि तोडफोड गरेको बताएका छन् । बैठकमा नेकपा एमाले मोरङका स्कुल विभाग प्रमुख रुपेश खतिवडा, उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी लगायतका नेता कार्यकर्ताहरु सहभागी रहेको जनाइएको छ ।