सरस्वती टोलबासीलाई विरुवा प्रदान

दमक,६ साउन । दमक ८ स्थित एलाईड अंग्रेजी बोर्डिङ स्कुल मार्गका टोलबासीलाई जडिबुटिजन्य विरुवा उपलव्ध गराईएको छ । स्थानीय सरस्वती टोल विकास संस्थाले हिजो हरिसयनीका अवसर पारेर टोलवासीलाई धुपी,वनअमला,कपुर,अम्बक लगायतका बिरुवाहरु दिईएको अध्यक्ष चन्द्र खत्रीले बताएका छन् । त्यस टोल अन्र्तगत ५५ घर आवद्ध छन् ।। ती सवै टोलवासीले आफना घर अगाडी प्राप्त विरुवा समेत रोपिसकिएको उनले जनाए ।
टोललाई पर्यावरणीय रुपमा हराभरा बनाउन संस्थाले यसरीनै विभिन्न सामाजिक कार्यक्रमहरु समेत गरिआएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published.