लिम्बू भाषाका अन्वेषक फाइवलीको मृत्यु

झापा,६ साउन । लिम्बू भाषाका अन्वेषक, नवल फाइवली (नरबहादुर लिम्बू )को कोभिड- १९को सङ्क्रमणबाट मंगलबार मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका -७ मा बस्दै आएका ८१ वर्षीय साहित्यकार फाइवलीलाई स्वास्थ्यमा समस्या देखिएपछि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि सोमबार भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
उनले किरात धर्म, संस्कृतिका बारेमा मात्र एक दर्जन बढी कृति प्रकाशित गरेका स्थानीय पत्रकार दिपीन राईले जानकारी दिए । जसमध्ये आधा दर्जन कृति उनले किरात लिपीमै लेखेका राईको भनाइ छ । किरात साहित्य प्रतिष्ठानका पूर्वउपकूलपति फाइवलीका श्रीमती भीमकुमारी राईसहित तीन छोरा र सात छोरी छन् । फाइवालीको हिजो मंगलवारनै अन्त्येष्टि गरिएको छ ।

Leave a Reply

Your email address will not be published.