सुनसरी, ४ साउन । बर्जुगाँपालिका २ बाट चोरीको मोटरसाईकल सहित चोरीमा संग्लग्न १ जना पक्राउ परेका छन् । आईतवार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका ३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न देवानगंज ५ का ४० बर्षीय बिरेन्द्र रामलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।