ईटहरी, ४ साउन। ईटहरी उपमहानगरपालिका-३ मा आईतवार भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ । ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को .२ ह. ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा अटोमा सवार ईटहरी- ४ की ३३ बर्षीया रिया पोखरेल घाईते भएकी थिईन् । घाईते पोखरेल लाई उपचारको लागी बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।