
दमक,४ साउन । दमकमा नौ दिनको फरकमा आमाछोराको मृत्युभएको छ । दमक १० निवासी ५५ बर्षिय होम प्रसाद आङवोको कोरोना भाइरस संक्रमणका कारण हिजो आइतबार दिउँँसो मृत्युभएको थियो भने नौ दिन अघि मात्र उनकी ७६ बर्षिया आमा बिष्णुमाया आङवोको भने अचानक घरमै मृत्युभएको वडाध्यक्ष बोधराज न्यौपानेले बताए । वडा भित्र यस्ता दुखद घटना विरलै मात्र हुने गरेको उनले बताए ।
उनका अनुसार कोरोना संक्रमणका कारणका कारण मृत्युभएका आङवो त्यहाँ कृषि क्षेत्रका अभियन्ता हुन् । केहिदिन अघिनै सामान्य लक्षण देखिएपछि होम आइसोलेसनमा बस्दैआएका उनलाई शनिवारमात्र विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको र आइतबार दिउँसो १ वजेतिर उपचारका क्रममा मृत्युभएको वडाध्यक्ष न्यौपानेले बताए ।
मृतकको आइतबार साँझनै कन्काई नदीमा दाहसंस्कार गरिएको थियो । मृतक आङवोका एक श्रीमती दुई छोरा र एक छोरी रहेका छन् । जेठा छोरा प्रभाकर यस अनलाइनका प्राविधिकर्मी हुन् । यस अनलाइन परिवार दुखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक परिवारमा समवेदना व्यक्त गर्दछ ।