दमक ,३ साउन। दमकमा यहि साउन ५ गते अघिल्ला वर्षझै यसवर्ष पनि ‘कोरा साईक्लिङ महोत्सव’ सञ्चालन हुने भएको छ । ‘स्वस्थ्यका लागि साइक्लिङ’ भन्ने सन्देसका साथ स्थानीय एड्भेन्चर इक्युप्मेन्टले कोरा साईक्लिङको आयोजना गर्ने भएको सञ्चालक भिषणदीप राईले बताए ।
दमक ८ सेतुमारी मार्गमा रहेको उक्त संस्थाले १ सय देखि १३० जनाको सहभागितामा साइक्लिङ सञ्चालनको तयारी तीव्र भईरहेको उनले बताए । सो संस्थाले साईक्लिङ प्रवद्र्धनका लागि बर्षेनी कोरा साईक्लिङको आयोजना गर्देआएको छ ।
उनका अनुसार विहान ५.३० वजेदेखि शुरु हुने कोरा साईक्लिङ सेतुमारीबाट शुरु भई हिमावि, बाघखोर,बेलडाँगी,पेल्टिमारी,हाटखोला,बालुवाटार हुदैं पुनः शुरुवात स्थलसम्म आएर समापन हुने छ ।