मौलिक जरोकिलो पार्टीको सप्ताहव्यापी सदस्यता अभियान शुभारम्भ


काठमाण्डौ २ साउन ।
मौलिक जरोकिलो पार्टीले सप्ताहव्यापी सदस्यता अभियानको शुभारम्भ गरेको छ । पार्टीका संकल्पकर्ता उर्मिला खनाल अधिकारीले पार्टी अध्यक्ष सुशील गौतम र उपाध्यक्षहरु बलराम प्रजापति र प्रभा सुवेदी पोखरेललाई नवीकरणको प्रमाणपत्र प्रदान गरी सदस्यता अभियानको शुभारम्भ गर्नुभयो । मौलिक जरोकिलो पार्टीले नयाँ सदस्यता लिने र लिइसकेकाहरुले नवीकरण गर्न सप्ताहव्यापी अभियानको थालेको पार्टीका संगठन विभाग प्रमुख नुमनाथ प्याकुरेलले बताउनुभयो ।

सम्पर्क कार्यालय जमलमा सीमित पदाधिकारीको उपास्थितिमा सदस्यता अभियानको औपचारिक शुभारम्भ गरिएको हो । सदस्यता अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै पार्टीका अध्यक्ष सुशील गौतमले बारम्बार असफल प्रमाणित भइसकेका दलहरुबाट अब देशले निकास नपाउने बताउनुभयो । नेपालको प्रगति र उन्नतिको लागि नेपालकै मौलिक सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, आधारशीला चतुष्टय, स्थितिगत्यात्मक प्रगतिवादमा आधारित भएको एकमात्रै पार्टी भएकोले अबको निकास मौलिक जरोकिलो पार्टीले मात्रै दिन सक्ने बताउनुभयो ।

स्थापना भएको दुई वर्षमै नेपालको लागि आवश्यक विभिन्न दूरगामी महत्वका नागरिकता, कृषि, जातीय विभेदको अन्त्य लगायतका विषयहरुमा पार्टीले नीति बनाइसकेको चर्चा गर्नुहुँदै अग्रगामी परिवर्तनको लागि जागरुक भएर वास्तविक मूलधारको पार्टीको सदस्यता लिनको लागि आह्वान गर्नुभयो । आजै सातै प्रदेशमा विविध कार्यक्रम गरेर सदस्यता अभियानको औपचारिक शुभारम्भ गरिने पार्टीले जनाएको छ ।

सदस्यता अभियान सप्ताहमा पार्टीका प्रदेश कार्यालयहरुका साथसाथै सातै प्रदेशका प्रमुख सहर, बजार तथा गाउँ गाउँमा पनि सदस्यता अभियानको टोली खटाएर नयाँ सदस्यता लिने र नविकरणको व्यवस्था मिलाइएको पार्टीले जनाएको छ । पार्टीको सदस्यता अनलाइनबाट पनि लिन सकिने छ । पार्टीको वेबसाइट धधध।चबष्तजबलभकजबपतष्।यचन बाट नयाँ सदस्यता लिनको लागि अनलाइनबाटै फारम भर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published.