दमकबाट नगद रु २ लाख बढीसहित ११ जुवाडे पक्राउ

दमक,२ साउन । जुवा खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट ११ जनालाई नगद, कौडासहित पक्राउ गरेको छ । दमक- ७ स्थित कर्णवहादुर राईको घरमा शुक्रवार साँझ ६ वजेतिर जुवा खेलिरहेको खालमा छापा मारेर ११ जना सहित १६ थान कौडा र रु २ लाख ८ हजार ९५ रुपैया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।
यसरी पक्राउ पर्नेमा ४० बर्षिय घरधनी राईसहित गौरादह- ३ का ४२ बर्षिय दिनेश अधिकारी,गौरादह- ८ का ३८ बर्षिय इन्द्रकुमार राजवंशी, गौरादह- २ का ३२ बर्षिय निर्मल थापा, गौरादह- ३ का ३४ बर्षिय अंकित कार्की, दमक -२ का ४२ बर्षिय रामबहादुर धिमाल, दमक- ७ का ४० बर्षिय राजन दाहाल, दमक -७ कै ४४ बर्षिय गंगा पाठक, दमक- ६ का ३३ बर्षिय विजय सिंह , सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका ४ का ३५ बर्षिय विक्रम गुरुङ र इटहरी १९ का २६ बर्षिय मिलन राई रहेका छन् ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भईरहेको डिएसपी थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.