दमक, १ साउन । जन्मदिनकै दिन सडक दुर्घटनामा परेर झापा, कमल गाउँपालिका- ५ शितलडाडाका ४१ बर्षिय किरण लिम्बूको गएराति मृत्युभएको छ ।झापाको बिर्तामोडबाट घर आउदै गरेका लिम्बू सवार को १९प६३८२ नम्बरको बुलेट मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ जादै गरेको प्रदेश १–०१ – ००१ ख २४२३ को यात्रुवहाकबस कनकाई नगरपालिका वडा नं.४ कोट्टिहोम सडकखण्डमा गएराति ७ वजे एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा परी गंभीर घाइते भएका लिम्बूको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारको क्रममा राति ८ वजे मृत्यु भएको थियो । कन्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरीसमक्ष बयान दिएका छन्।प्रहरीले बस चालक इलाम माई नगरपालिका -८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका -२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको र घटनाका बारे थप अनुसन्धान भईरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका ६ का २७ वर्षीय बसका कन्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ ।