झापाको गौरादहमा एक महिला मृत फेला

दमक, ३१ असार । झापाको गौरादह नगरपालिका १ गेउरिया चोक नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छ्न ।

गेउरीया चोक नजिकै अन्दाजी ३९ बर्षिया संगीता टुडु मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।
प्रहरीका अनुसार हिजो बेलुका श्रीमान श्रीमती बिच झगडा भएको र हाल श्रीमान फरार रहेकाले उनको श्रीमानले नै हत्या गरेको हुनसक्ने माबोहाङले बताए । हाल घटनाको बिषयमा ईलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरएको प्रहरिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.