गौरीगञ्ज, ३० असार । चार्जमा रहेको मोबाइल फोन उठाउनेक्रममा करेन्ट लागेर झापाको गौरीगञ्ज– १ महाभाराकी एक महिलाको मृत्यु भएको छ ।गौरीगञ्ज -१ टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी श्रीमती ५५ वर्षिया शिला बुढाथोकीको बिहीवार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन उठाउने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खेतमा काम गरेर घर फर्केको अबस्थामा चिसो हातले छुदा करेन्ट लागेको जनाइएको छ । प्रहरीले घ डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।