दुई जना पत्रकार सहित कर्मचारी पुरस्कृत

उर्लावारी, ३१ असार । मोरङ्गको उर्लावारी नगरपालिकाले सातौं नगरसभाको अवसरमा २ जना पत्रकार सहित उत्कृष्ट कर्मचारी लाइ सम्मान सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा विकाश पत्रकारीता पुरस्कार २०१८ बाट नेपाली पोर्टलका प्रधान सम्पादक नवराज भट्टराई र क्रियाशिल पत्रकारीता पुरस्कारबाट पत्रकार ज्योतिशर्मा लाई सम्मान सहित पुरस्कृत गरेको हो । उर्लावारीको विकाश र समृद्धिमा समाचारको माध्यमबाट महत्व पूर्ण भुमिका निर्वाह गरेको भन्दै भट्टराई र शर्मालाई नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको हो ।
त्यस्तै विराटनगर –१२ घरभई उर्लावारी नगरपालिकाको स्वास्थ्य सहायक पदमाकार्यरत तोयानाथ घिमिरे, जिन्सी शाखामा कार्यरत छैठौं तहका नगेन्द्र तिम्सिना, तथा होम नाथ श्रेष्ठ उत्कृष्ठ कर्मचारी तर्फ बाट पुस्कृत हुनुभएको छ । जनही सम्मानपत्र र पुरस्कार राशि २० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published.