कमल,२९ असार । झापाको कमलस्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाले विपत व्यवस्थापनमा सघाँउ पुरयाँउन उद्देश्यले सात वटै वडामा फोकल पर्सन तोकेको छ ।उपशाखाको विहिबार बसेको कार्यसमितिको बैठकले सात वटै वडामा आफना आजीवन सदस्यहरुलाई परिचालित गरि फोकल पर्सनको जिम्मेवारी दिएको सचिव पारषमणि राईले बताए । जसअनुसार वडा न. १ मा भिष्म सुवेदी, २ मा पनि वडाअध्यक्ष अशोक सुब्बा, ३ मा हिमप्रसाद दाहाल, ४ मा वडाअध्यक्ष चन्द्रप्रसाद भट्टराई, ५ मा दिनेश अधिकारी , ६ मा टंक खड्का र ७ मा धर्मप्रसाद श्रेष्ठलाई फोकल पर्सनको जिम्मेवारी दिने निर्णय गरिएको उनले जानकारी दिए ।
बर्षायाममा हुन सक्ने प्राकृतिक ,विपतको घटना न्यूनीकरणमा सघाँउ पुरयाँउन उद्देश्यले वडास्तरमा फोकल पर्सन तोकिएको सभापति चन्द्र साहले बताए । बैठकले चालु आर्थिक बर्षमा पालिकाबाट प्राप्त रु २० लाखको वजेटबाट कार्यालयको सभाहलसहितका संरचना निर्माणका क्रममा खर्च भएका हरहिसावहरु समेत पारित गरिएको थियो ।