नहरले बगाउँदा भारतीय युवाको मृत्यु

मोरङ,२९ असार । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक जना भारतीय युवक मृत फेला परेका छन् ।नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भई जहदामा बस्दै आएका २० बर्सिया गणित राजवंशी शव बिहीबार मृत फेला पारिएको हो ।
जहदा–३ स्थित मामा घरमा बस्दै आएका उनलाई पौडी खेल्ने क्रममा बुधवार साँझ नहरले बगाएर बेपत्ता बनाएको थियो ।खोजतलास गर्ने क्रममा बेपत्ता बनाएकै स्थान नजिक बिहीबार दिउँसो ४ बजेतिर गणितलाई मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।गणितसँगै पौडी खेल्न नहरमा छिरेका जहदा–३ का १८ वर्षीय दीपेश राजवंशीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो।.

Leave a Reply

Your email address will not be published.