दमक,३० असार । दमकमा यहि असार ३२ गते कोरा साइकिलिंग हुने भएको छ । संघीय राजधानीसहित देशका मुख्य शहरहरुमा त्यस दिन एकैसाथ कोरा साइकिलिंग हुदै छ ।
साइकिलिंगबाट स्वास्थ्यमा हुने फाइदाका बारेमा सचेतना दिने उद्देश्यले दमकमा पनि कार्यक्रम आयोजना गर्न लागिएको दमक ८ सेतुमारी रोडमा अवस्थित एडभेन्चर इक्यूपमेन्टका सञ्चालक भिषणदिप राईले बताए । कोरा साइकिलिंगमा सहभागि खुला रहेको र हालसम्म ४० जनाले सहभागिता जनाउने निश्चित भएको उनले बताएका छन् । उनका अनुसार साईकिलिंग क्लव स्थापना गर्ने उद्देश्यले दमकमा पहिलोपटक कोरा साइकिलिंग हुने छ ।
जसअनुसार, विहान ५ वजे आफनै कार्यालयबाट शुरु भई दमक चक्रपथ हुदै चियावगान,ढुकुरपानीदेखि इलामको चुलाचुली पुग्नुका साथै पुनः दमक चौक आएर समापन गरिने उनले जानकारी दिए । दुरी करिव ३५ किलोमिटर तय गरिएको छ ।