पाडाजुंगी– मंगलवारे फोरलेन सडकमा वृक्षरोपण

दमक ,२९ असार । झापाको कमल गाउँपालिका -५ स्थित पाडाजुङी–गौरीगञ्ज सडक अन्तर्गत पाडाजुंगीदेखि मङलबारेवजार सम्मको सडक खण्डमा विभिन्न जातका बिरुवाहरु रोपिएका छन् ।
गाउँपालिकाले आज स्थानीय सामाजिक संघसंस्थाहरुको समन्वयमा वृहत वृक्षरोपण गरि नवनिर्मित चारलेन सडकको डिभाइडरमा एक सय बिरुवाहरु रोपिएका हुन् । बृक्षरोपणमा पालिका अध्यक्ष हुकुमसिंह राई ,उपाध्यक्ष प्रमिला नेउपाने तिवारी ,प्रमुख प्रशसाकिय अधिकृत राजकुमार शाक्य ,जनप्रतीनिधीहरु ,विभिन्न क्लब ,आमा समूह,कृतन मंडलीका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेकोे थियो ।
सडकलाई हराभरा बनाउदै पर्यावरणमा जोड दिन उद्देश्यले त्यस सडकको एक हजार ३ सय मिटर सडक खण्डमा रिङ्ग सहितका फोक्सटेल पाम प्रजाती विरुवाहरु बृक्षरोपण गरिएको अध्यक्ष राईले बताए । बिरुवा रोप्दै उनले रोपिएको बिरुवाको संरक्षणमा स्थानीयको सहयोग आवश्यक रहेको औल्याए ।
उनका अनुसार पालिकाले त्यस सडकलाई नमुना सडकका रूपमा बिकास गर्ने उद्देश्यले काम शुरु गरिएको हो । यो पछी त्यहाँ उन्नत जातको दुबो रोप्ने तयारी गरिएको उनले बताएका छन् ।
त्यस सडकको डिभाईडरमा यसअघि पालिकाले सुरक्षाका लागि सिसि क्यामेरा ,सडक बत्ती जडान गर्ने कार्य गरिसकेको छ । अव भने वृक्षरोपणले सडकको सुन्दरता थपिने उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताईन् ।

Leave a Reply

Your email address will not be published.