प्रेस युनियन ताप्लेजुङको नयाँ नेतृत्व, अध्यक्षमा पुकुर्टी

ताप्लेजुङ,२९ असार । नेपाल प्रेस युनियन ताप्लेजुङको पाँचौँ जिल्ला अधिवेशनले सन्तोष पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।बुधबार समदरमुकाम फुङ्लिङमा सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू र रञ्जना गुरुङ , सचिवमा तरुण भारती, सहसचिवमा अनुपा गुरुङ र कोषाध्यक्षमा फुर्वा शेर्पा चुनिएका छन् ।
यसैगरी सदस्यमा राजन गौतम, देवेन्द्र बानियाँ, तेन्जीङ शेर्पा, पवित्रा सावादेन, दाखाङडु शेर्पा, अर्जुन कटुवाल र तुलसी राई चयन भएका छन् । अधिवेशनमा नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ, प्रेस युनियनका केन्द्रीय सदस्य भीमकुमार बाँस्कोटा, प्रदेश प्रतिनिधि लक्ष्मी गौतमलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.