संखुवासभा, २५ असार । खाँँदबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाऊपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् । आज बिहान ९ बजे मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा शेर्पाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सो घटनामा संलग्घन मुकेश तामाङलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पुरानो रिसिईबीको कारण गएराती २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेसको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।