
दमक,२५ असार । मुलुकै सबैभन्दा ठुलो पुरानो भनेर चिनिएको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १४औ महाधिबेशनको मिति नजिकिदै जाँदा पार्टी भित्र नेतृत्व कस्ले लिने भन्ने विषयमा रस्साकस्सी शुरु भएको छ ।
पार्टीको १४औ महाधिबेशनको मिति नजिकि रहदा केन्द्र, प्रदेशदेखि जिल्ला, नगर र गाउँका गाउँका वडास्तरसम्म नेतृत्वको विषयले अहिले निकै महत्व पाउन थालिसकेको छ । पार्टीले महाधिबेशनको वडा देखी केन्द्रसम्मकै कार्यतालिका सार्वजानिक गरेसंगै कांग्रेस पार्टी भित्र नेतृत्व चयनको बिषयले महत्व पाउन थालेको हो ।
कांग्रेसले महाधिबेशनको पहिलो चरणमा क्रियाशिल सदस्यता बितरण कार्य सम्पन्न गरिसकेर निर्वाचन समितिलाई सो को अधिलेख पठाउने काम सम्पन्न गरिसकेको छ । पार्टीले यहि साउन १२ गतेलाई वडा अधिबेशनको मिति तोकेको छ भने १६ गते गाँउ र नगरको अधिबेशन हुने निश्चय गरेको छ । पाटी १४औ महाधिबेशनको संङघारमा पुग्दै गर्दा दमकमा पनि कांग्रेस पार्टी भित्र नेतृत्वको विषयलाई लिएर चहलपहल पनि बढेको छ ।
१० वटा वडाहरु रहेको दमकमा क्रियाशिल सदस्य करिव ३३ सय पुगेको छ । प्रत्येक वडाबाट क्रियाशिल सदस्य संख्याको आधारमा यस पटक पार्टीले समाबेशीकरणको सिद्धान्तलाई अनुसरणगर्दै क्षेत्रिय प्रतिनिधि चयन गर्ने छन । निकै ढिलागरि हुन लागेको यस पटकको पार्टी अधिबेशनमा पनि दमकमा प्रष्ट रुपमा तिन धार देखिएको छ । पार्टी सभापति शेरवहादुर देउवा, संस्थापन भनिएको कोइराला पक्ष र पार्टीका पूर्व महामन्त्री समेत रहिसकेका नेता कृष्ण प्रसाद सिटौलापक्षका वीचमा प्रतिष्पर्धा हुने संम्भावना बलियो बन्दै गएको छ । दमक नगरको नेतृत्व चयनमा सहमतिबाट हुनसक्ने संम्भावना न्युन बन्दै गएको छ ।
स्थानीय नेताहरु आआफनो पक्षमा बहुमत जुटाउन लागि पर्न थालेका छन् । दमक नगर समितिको सभापति पदमा अहिले घोषित अघोषित रुपमा तिन जनाको नाममा कार्यकर्तावीच चुलिदै गएको छ । जसमा दमकका बर्तमान नगर सभापति रोशन विष्ट, नगर सचिब प्रकाश प्रसाई र अघिल्लो १३ औ अधिबेशनमा नगर सभापतिमा पराजय व्यहोरेका पर्शुराम रिजालको नाम चर्चामा रहेको छ । युवा अवस्थाबाटनै कांग्रेस दमकको नेतृत्व सम्हाली रहेका विष्ट बर्तमान नगर सभापति तथा नेपाल विद्यार्थी संघ झापाका पूर्व सभापति पनि हुन् । यसैगरि विष्टकै नेतृत्वमा रहेको दमक नगरसमितिका सचिब प्रकाश प्रसाई व्यवसायीहरुका बिचमा निकै चिनिएको नाम हो । दमक उद्योग बाणिज्य संघको पटक पटक नेतृत्व सम्हालि सकेका प्रसाई महासंघको केन्द्रीय सदस्यको जिम्मेवारीपनि पूरा गरिसकेका छन् भने विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक क्षेत्रमा कामगर्दै आई रहेका छन् ।
यसैगरि युवा नेता रिजाल नेपाल विद्यार्थी संघ झापाको नेतृत्व गरिसकेका छन् । दमकमा यस पटकको अधिबेशनमा त्रिकोणात्मक बलियो प्रतिष्पर्धा हुने संम्भावना बन्दै गएको छ । नगरको बाँकी अन्य पदहरुका लागि पनि एकल रुपमा आ आफनो उम्मेद्वारी घोषणा गर्ने क्रमपनि बढदै गएको छ ।