पोषण प्याकेज तथा क्षमता अभिबृद्धि तालिम

पथरीशनिश्चरे, २४ असार । मोरङको पथरीशनिश्चरे नगर मातहतका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण प्याकेज तथा क्षमता अभिबृद्धि सम्वन्धि सात दिवसीय तालिम सम्पन्न भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरका वालवालिका, गर्भवती महिला, किशोर किशोरी सहितको पोषण( स्तर सुधारका लागि सो तालिमको आयोजना गरिएको हो ।
नगरभित्रका २२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको उक्त तालिममा कोशी अस्पतालकी स्वास्थ्यकर्मी रेजिना राई, स्वास्थ्यकर्मी जगत मगर र प्रेमलाल लिम्बूले सहजीकरण गरेका थिए। तालिमको उद्घाटन कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, सामाजिक विकास समिति अध्यक्ष कपिलमणि ढकाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितको उपस्थिति रहेको सहजकर्ता प्रेमलाल लिम्बूले बताए।

Leave a Reply

Your email address will not be published.