दमक अस्पतालमा स्वास्थ्य विमाका विरामीले सास्ती खेप्न बाँध्य

दमक,२४ असार । दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा स्वास्थ्य विमामार्फत उपचार गर्न आउने विरामीले सास्ती खेप्न बाँध्य भएका छन् ।
विमामार्फत विरामीको उपचार गर्न आउने सर्वसाधारणहरुले भिडभाडका कारण कतिपय संक्रमणको जोखिम समेत सृजना हुने अवस्था हुदै आएको छ ।
घण्टौ सम्म लाइन कुरेर पालो पर्खनु पर्ने र कतिपय सेवाग्रहीले स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम देखिदै गएको स्थानीयले बताएका छन् ।
दमक अस्पतालमा उपचार गर्न आउनेको संख्या धेरै छ । दैनिक ४,५ सय विरामीले बिमामार्फत उपचार लिदैआएको अस्पताल स्रोतले जनाएको छ । तर यसरी विरामी भएर जाँच गराउन आउने विरामीले अन्यत्र जचाँउन खासै रिफर गर्देनन् । जसका कारण पनि भिडभाडले जोखिम निम्त्याउने संभावना अधिक रहेको स्वम चिकित्सकहरुले उल्लेख गरेका छन् ।
अस्पतालमा विहान १० वजे खुल्ने समय अगावै सयौको संख्यामा लाइनमा भेला भईसकेका हुन्छन् । अस्पतालमा बुधबार आएकी दमक -९ की विमला राईले घण्टौ लाइनमा कुरेर जाँच गराएपनि दिशापिसाव रगत परीक्षण गराउन नपाएको गुनासो गर्छिन् । उनले विरामी निको हुनका लागि आएको भन्दा विरामीनै थपिएर मरिन्छ भन्ने पो लाग्न थालेको गुनासो सुनाइन ।
दमक -८ का ओम प्रसाद खनालले अस्पतालमा आएर यहाँ बिमाको विरामीले जचाँउन समस्या भएको गुनासो गर्छन् । रिफर मागे दिदैनन्, सवै हामी गर्छो भनेर अस्पतालले त्यही उपचार गराउन दबाब दिने गरेको उनको गुनासो छ । उनी भन्छन् –‘सवै किसिमको स्वास्थ्य जाँच यही संभव छ भनेर अन्यत्र रिफर गर्देनन्, जसले सर्वसाधारणले विशेषज्ञ स्वास्थ्य सेवा लिनबाट बन्चित हुदैआएका छन् ।’
विरामीले बिमामार्फत औषधी पनि खासै गुणस्तरिय पाउदैनन् । कमसल औषधी विक्री गर्दा नाफा धेरै हुने हुदाँ धेरैजसो औषधी त्यस्तै दिदैआएको सेवाग्रहीको भनाई छ ।
सकेसम्म यहिका अस्पतालमा रेफर नदिने, विमाका विरामी हेरे बापत निश्चित प्रतिशत विमीतमार्फत सोझै रकम आउने कारणले अस्पतालले रिफर नदिने गरेको सर्वसाधारणको आरोप छ ।दमक अस्पताल माइपश्चिमकै एकमात्र स्वास्थ्य विमाका विरामी जचाँउने एक मात्र सरकारी अस्पताल हो । ठुलो भुगोलसंगै विरामी जचाँउने आउने विरामीको संख्या अस्पतालले थेग्नै नसक्ने अवस्था पुगेपनि अस्पताल भने त्यसबारे बेखबर जस्तै हुदैआएको अधिकांस सेवाग्रही गुनासो छ ।
उनीहरुको एउटै माग छ , अस्पतालमा आएपछि विरामीले आफनो अनुकुल अस्पताल छान्ने अधिकार दिनु पर्छ । उनीहरुको भनाई छ , –‘हामीले रेफर पाउछौ न त हाम्रो सहज पालो आउछ, हामी कोरोना संक्रमण भएर मर्ने भयौ ।’
केहिदिन अघिसम्म त दमकका बिमाको उपचारका लागि दोश्रो बिन्दु तोकिएका अस्पतालहरुमा सहज उपचार पाइरहेपनि अहिले त्यो बन्द गरिएपछि विरामीहरुलाई धेरै सास्ती खेप्नु परेको दमक- १० का सेवाग्रही नगेन्द्र मणी न्यौपानेले बताएका छन् । उनले
अझैपनि संक्रमणको भयाभह अवस्थामा रहिरहेको भएपनि विरामीलाई सहज रेफर अथवा दमकका सूचिकृत अस्पतालहरुमा स्वास्थ्य जाँच गराउनका लागि व्यवस्था मिलाउनु पर्ने बताउँछन् ।
यहाँका नीजि अस्पतालहरुले भने संक्रमणको जोखिमका बेला भने निजी क्षेत्रका सुचिकृत अस्पताललाई विमामार्फत सोझै उपचार गराउने निर्देशन दिने तर अन्य अवस्थामा त्यस्तो सेवा एकद्धार गर्न खोज्नु उचित नभएको वताउदैआएका छन् । स्थानीय सरकारले यस्तो विभेद कार्य हटाउन खासै चासो नदिएको उनीहरुको जिकीर छ ।
अस्पतालमा दमकसहित कमल, शिवसताक्षी, गौरीगन्ज लगायत माईपश्चिम क्षेत्रका सम्पूर्ण विरामीहरु आउने गरेका छन् । दमक अस्पतालको व्यवस्थापन स्थानीय सरकारले रेखदेख गरिआएको छ । अस्पतालको व्यवस्थापनमा नगर उपप्रमुख गीता अधिकारी अध्यक्षता एक सञ्चालक समिति गठन गरिएको छ । अस्पतालकी अध्यक्ष समेत रहेकी नगर उपप्रमुख अधिकारीले दमक अस्पतालमा बिमाका विरामीको बाक्लिदो भिड भएको स्वीकार्दे त्यसलाई थप व्यवस्थित गराउन समस्या भएको बताँउछिन् । अस्पतालमा आउने विरामीले सहज रुपमा उपचार गराउन पाउने वातावरण निर्माण गर्न स्थानीय सरकार प्रयासरत रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.