ट्रकमा ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु

झापा,२४ असार । झापाको भद्रपुर –८ स्थित सडक खण्डमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे २ प २५३२ न। को मोटरसाइकल आफैं अनियन्त्रित भई सोही दिशामा रोकि राखेको ना ३ ख ८५४२ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइलक चालक सोही ठाउका ५० बर्षिय ताराकान्त झाको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर गम्भिर घाईते भएका उनको उपचारका क्रममा आज बिहान पौने ३ बजे विराटनगरमा मृत्यु ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा बुद्दशान्तिका ३५ बर्षिय कमल ढुङगेल समेत सामान्य घाईते भएका छन् । उनको ओम साइ पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाका संलग्न दुवै सवारी नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.