कमल -५ को गजुरमुखी टोलमा वृहत वृक्षरोपण

दमक ,२३ असार । झापाको कमल गाउँपालिका वडा न . ५ स्थित नवदुर्गा टोल विकास संस्थाले पर्यावरण संरक्षणमा जोड दिने उद्देश्यले आइतवार वृहत वृक्षरोपण गरेको छ ।सो टोल विकास संस्थाको अगुवाईमा त्यहाँको गजुरमुखी चौंक आसपासका सडक किनारमा विभिन्न जातका विरुवाहरु रोपिएको नवदुर्गा टोल संस्थाका अध्यक्ष ताराबहादुर खड्काले बताए । पानीझरीका वीच स्थानीयहरुको उल्लेखीय उपस्थितिमा करिव ५ सय बढी सिरिस ,ज्याकेरेन्डा, अम्बक,कटहर लगायतका विरुवाहरु रोपिएको उनले बताए । सोहि अवसरमा संस्थाले राई जातिको साकेला थानमा वृक्षरोपणका लागि १७० वटा विरुवा समेत हस्तान्तरण गरिएको उनले जनाएका छन् ।
उनका अनुसार मोरङको सलकपुरस्थित राष्ट्रपति चुरे तराई मधेस सम्बृद्धि कार्यक्रमको कार्यान्वयन इकाईबाट उन्नत जातका विरुवाहरु ल्याईएको हो । वृक्षरोपण गर्न बाकी विरुवाहरु स्थानीय राधाकृष्ण टोल , वडा कार्यालय, समाधिस्थल संरक्षण समितिलाई उपलव्ध गराउने अध्यक्ष खड्काले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.