आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान प्रंशसनीय : मन्त्री मगर

दमक,२० असार । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान प्रंशसनीय भएको बताएका छन् ।डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमकको १८ औ बार्षिक स्थापना दिवसका अवसरमा विहिबार आयोजित सदस्यहरुसंग अन्तरकृया कार्यक्रमलाई बोल्दै उनले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका उल्लेखीय भएकाले पनि आर्थिक सम्बृद्धिसंगै यसको विकासमा सवै लाग्नुपर्ने जोड दिए ।
केहि सहकारी नियमसंगत नचल्दा समग्र सहकारी बदनाम हुन पुगेको बताउदै मन्त्री मगरले समुदायले सञ्चालन गरेका सहकारी संस्थालाई विधिसम्मत चलाउन सके सहकारीको भविष्य उज्जवल भएको स्पष्ट पारे ।
देशकै मजवुत मात्र नभएर ठुला कारोबार गर्ने धेरै सहकारी संस्थाहरु झापा जिल्लामा भएको र ती सहकारीले उल्लेखीय राम्रा काम गरिआएको उल्लेख गर्दे उनले भने , –‘सहकारी नियम,विधि अनुसार सदस्य केन्द्रीत हुन सके सहकारीमा देखिएको समस्याहरु आफै हटेर जाने छ , त्यसतर्फ सहकारी सञ्चालकहरु लाग्नुपर्छ । ’
कतिपय गलत सोच राखेर सहकारी चलाएका कारण देशको सहकारी क्षेत्र बदनाम हुन पुगेकोमा चिन्ताको विषय भएको बताउदै मन्त्री मगरले सहकारीका विरुद्ध हुने अतिरञ्जित प्रचारवाजी विरुद्ध सहकारीकर्मीहरु एक भएर जुट्न खाँचो भएको औल्याए ।
संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य होमबहादुर थापा, मेनेजर्स क्लव झापाका अध्यक्ष खोमप्रसाद बगाले, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष प्रेम कोइराला, जिल्ला बचत तथा ऋण सहकारी संघकी जिल्ला सदस्य चन्द्रा खड्का भटटराई, लगायतले सहकारीका विषयमा बोलेका थिए । सो अवसरमा संस्थामा कारोवार गर्ने बाल बचत, उत्कृष्ठ ऋणी तथा बचतकर्ता गरि ३८ जना सदस्यहरुलाई समेत पुरस्कृत गरिएको व्यवस्थापक टंक निरौलाले बताए ।
त्यसैगरि, सहकारीले सञ्चालन गरेको खुला रक्तदानमा ५७ पिन्ट रगत संकलन भएको थियो । दमक -५ मा मुख्य कार्यालय रहेको सहकारीले जिल्लाको बिर्तामोड, सुरुङा,गौरादह, धरमपुर, बुद्धशान्ति र मोरङको उर्लावारीमा सेवा केन्द्र सञ्चालनमा छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफनो स्थापना दिवसमा बर्षेनी रक्तदान लगायतका सामाजिक कार्यहरु गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.