कमलको शैक्षिक क्षेत्रमा सम्मान र बिद्यार्थीलाई नगद छात्रवृत्ति

कमल ,२० असार । झापाको कमल गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट विद्यालय व्यवस्थापन समिति , अवकाश प्राप्त तथा कार्यरत शिक्षक , कर्मचारीलाई सम्मानसँगै बिद्यार्थीहरुलाई नगद छात्रवृत्ति वितरण गरेको छ ।
कमल- २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रमबीच एसइइ परीक्षा २०८१ मा शतप्रतिशत विद्यार्थीलाई उत्कृष्ट ग्रेड हासिल गराउन सफल कमल १ को बाँसवारी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशरबहादुर श्रेष्ठ लगायत विभिन्न विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी गरी २० जनालाई सम्मान पत्र , खादा र नगद रु ८ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपानेले सम्मानितहरुलाई सम्मान गरेका थिए । उत्कृष्ट विद्यालयको रुपमा बाँसवारी माबिलाई सम्मान पत्रसहित नगद रु ३० हजार रुपैयाद्वारा सम्मान गरिएको हो ।

सेवा निवृत्त भएका १२ जना शिक्षकलाई  सम्मान

त्यसैगरी लामो समय बिद्यालयमा अध्यापन गराई सेवा निवृत्त भएका १२ जना शिक्षकलाई समेत सम्मान पत्र र खादाले सम्मान गरिएको थियो ।त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्ये वडा नम्बर २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राईलाई सम्मान पत्र र खादाद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी कमल गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका साथै विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्थापनका लागि उत्कृष्ट कार्य गरेकोमा वर्क फर नेपाललाई समेत सम्मान गरिएको थियो ।

११४ विद्यार्थीलाई छात्रबृत्ति
त्यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत सिमान्तकृत ६८ जना विद्यार्थीलाई जनही रु ४ हजार ३ सय रुपैया, ११ जना दलित विद्यार्थीलाई रु १५ हजार देखी ५० हजार रुपैया सम्म र बुबाआमा विहीन १४ जना विद्यार्थीलाई रु ३ हजार देखी १० हजार रुपैया सम्म छात्रवृत्ति प्रदान गरिएको थियो ।
त्यसैगरी कमल गाउँपालिका – २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय र कमल -७ स्थित सरस्वती माध्यमिक विध्यालयमा प्राविधिक विषयमा अध्ययनरत २१ जना विद्यार्थीलाई जनही रु २३ हजार ५ सय रुपैयाका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.