दमक,१८ असार । गुरु पूर्णिमाको अवसर पारेर झापाको कमल गाउँपालिका १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयका एक जना पूर्व विद्यार्थीले आफू अध्ययन गरेको विद्यालयमा रु १ लाख राशीको अक्षयकोष स्थापना गरेका छन् ।
आज विद्यालयमा पुगेर पूर्व विद्यार्थी खड्काका पिता सोहि बिद्यालयका सेवानिबृत शिक्षक समेत रहेका स्थानीय टिकाराज खड्काले आफना दिवंगत पिता जित बहादुर खड्का तथा माता लक्ष्मीदेवि खड्काको स्मृतिमा रु १ लाख नगद हस्तान्तरण गरे । यससंगै विद्यालयमा सोहि किसिमका आधा दर्जन अक्षयकोष सञ्चालनमा छन् ।
यसैवीच, विद्यालयले आगामी १० वर्ष भित्रमा विद्यालयलाई पूर्ण निशुल्क विद्यालयका रुपमा विकास गर्ने उद्देश्यले रु १ करोड राशीको अक्षयकोष स्थापना गरिने योजना ल्याईएको प्रधानाध्यापक बद्री कार्कीले बताए । कोषमार्फत प्राप्त हुने व्याजबाट विद्यालयलाई पूर्ण निशुल्क बनाउने लक्ष्य राखिएको र कोषमा सहयोग जुट्ने क्रम भईरहेको उनले जानकारी दिए । कोषमा त्यतिका रकम जुटेपछि विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई पोशाक,कपीकलम जस्ता शैक्षिक सामाग्रीदेखि हाल विद्यालयले विभिन्न बहानामा अभिभावकसंग लिदै आएको शुल्क पूर्ण रुपमा नलिने उनले बताएका छन् ।
उक्त कोष घोषणाको एक महीनाको अवधिमा पूर्व विद्यार्थी, दाताहरुबाट रु ४ लाख ५० हजार सहयोग प्राप्त भईसकेको उनको भनाई छ ।
२०२४ सालमा स्थापना भएको सो विद्यालयमा अहिले४८६जना विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय विद्यालयमा शैक्षिक सुधार भएसंगै चालु शैक्षिक सत्रमा मात्र ह्वातै ११७ जना नयाँ विद्यार्थी थपिएको प्रअ कार्कीले बताएका छन् ।