
दमक,१७ असार । झापा ,कमल गाँउपालिका ३ स्थित केर्खा बजारबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरपालिका १० का २५ बर्षीय सुरज लामिछाने रहेका छन् ।
हिजो बेलुका साढे ३ बजे टेम्पु चढी आउदै गरेको अबस्थामा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर ८८ ग्राम सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरु विरुद्ध म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।