ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु , तीन जना घाईते


दमक,१७ असार ।
पाँचथरको फालेलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्युभएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार फालेलुुङ वडा नं ३ माङलेबुङस्थित भित्रि कच्ची सडकमा खाद्यन्न बोकेर जादै गरेको मे. १ त. ६५७७ नम्वरको ट्याक्टर हिजो साँझ अचानक सडकबाट झरेर दुर्घटना हुँदा जिल्ला पाँचथर फालेलुङ गाउँपालिका वडा नं ३ माङलेबुङका ५४ बर्षिय लक्ष्मी बिष्टको मृत्युभएको छ । दुर्घटनामा परेर स्थानीय अक्कल बहादुर लिम्वु , कर्ण राई र ३० बर्षिय मन कुमार राई घाईते भएका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.