युरोकप : क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल कहिले र कहाँ ?

काठमाडौं ,१६असार (एजेन्सी ) जारी युरोकप फुटबलको अन्तिम १६ का खेलहरु सकिएका छन् । अब क्वाटरफाइनल खेलहरु शुक्रबारबाट सुरु हुनेछन् । कुन खेल कहाँ र कतिबेला सुरु हुँदैछन् त ?

क्वाटरफाइनल तालिका

१८ असार, शुक्रबार नेपाली समयअनुसार बेलुकी ९:४५ मा रुसको सेन्ट पिटर्सवर्गमा स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, मध्यरात १२ः४५ मा इटली र बेल्जियमबीच जर्मनीको म्युनिख शहरमा प्रतिस्पर्धा हुनेछ ।

१९ असार, शनिबार नेपाली समयअनुसार बेलुकी ९:४५ बजे अजरवैजानको बाकु शहरमा चेक गणतन्त्र र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

मध्यरात १२ः४५ मा इटलीको रोम शहरमा इङल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ।

सेमिफाइनलमा को–को भिड्नेछन् ?

२२ असार मंगलबार- (नेपाली समयअनुसार मध्यराति १२:४५ ) मा पहिलो सेमिफाइनल लण्डनको बिम्बली रंगशालामा हुनेछ ।

बेल्जियम र इटलीबीचको खेलको विजेताले यस खेलमा स्विडेन र स्विचरल्यान्ड र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

२३ असार बुधबार– (नेपाली समयअनुसार मध्यराती १२:४५ ) मा दोस्रो सेमिफाइनल लण्डनको बिम्बलीमै हुनेछ ।

यस सेमिफाइनलमा चेक गणतन्त्र र डेनमार्कबीचको विजेताले इङल्यान्ड र युक्रेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल कहिले र कहाँ ?

सेमिफाइनलपछि तीन दिन आरामको समय दिइएको छ । २७ असार, आइतबार फाइनल खेल लण्डनको बिम्बलीमै हुनेछ । नेपाली समयअनुसार मध्यराति १२ः४५ मा हुने यस खेलले नै प्रतियोगिताको उपाधि विजेताको टुंगो लगाउनेछ ।

Leave a Reply

Your email address will not be published.