बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको मृत्यु

बिर्तामोड,१५ असार । सडक निर्माणको क्रममा करेन्ट लागेर झापा, बिर्तामोड- २ मा आज विहान एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ३ सैनिक मोडका ४० बर्षीय धनबहादुर राजबंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेण्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको इप्रका बिर्तामोडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.