झापा, १४ असार । नेपाल तरुण दल झापाका सात जना युवा केन्द्रिय सदस्यमा मनोनित भएका छन् । तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले दमकका रोशन विष्ट, गौरीगञ्जका नेत्र पौडेल , भद्रपुरका श्याम सिटौला, बिर्तामोडका सजेश शिवाकोटी , बिर्तामोडकै निरज निरौला , कन्काईका राजेन्द्र उप्रेती र विर्तामोडकै श्री प्रसाद सिटौलालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । यी सात जना युवाले जिल्ला तथा विद्यार्थी लगायतको संघसंगठनको विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
यससंगै कोशी प्रदेशबाट ७२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको तरुण दलद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।