कांग्रेसले भोलि वृहत धान रोपाई गदैं

दमक, १४ असार । २०औं धान दिवस भोलि विभिन्न कार्यक्रम गरि मनाईदै छ । यसैक्रममा नेपाली काँग्रेस दमक नगर समितिको संयोजन तथा नेपाल किसान महासंघ जिल्ला समिति झापाको आयोजनामा भोलि शुक्रवार दमकमा वृहत धान रोपाई कार्यक्रम तय गरिएको छ ।
महासंघका प्रदेश अध्यक्ष समेत रहेका राजेन्द्र भटटराईका अनुसार अघिल्ला वर्ष झै यसवर्ष पनि धान दिवसलाई थप प्रभावकारी बनाउर्दै दमक ४ मा धान रोपाई कार्यक्रमको तयारी गरिएको छ। धान रोपाई दमक -४ स्थित कृष्णमन्दिरबाट एक सय मिटर उत्तर क्षेत्रमा बिहान ८ बजे देखि हुने छ ।
धान रोपाईमा नेपाली काँग्रेसका झापा ५ ख अन्तर्गतका वडा, गाउँ, प्रदेश,क्षेत्र,जिल्ला ,कोशी प्रदेश र केन्द्रीय समितिमा सम्पूर्ण नेता कार्यकर्ता तथा भातृ संघ संस्थाकालाई उपस्थितिका लागी अनुरोध गरिएको उनले बताए । धान रोपाई पार्टी जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यता रहने जनाईएको छ ।

यसैगरि भटटराई कुल वंश प्रतिष्ठान महिला विभाग छोराबुहारी सञ्जालले दमक २ स्थित जयनारायण भटटराईको धान खेतमा धान रोपाई कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.