दमक,१३ असार । दमक मोबाइल व्यवसायी संघको नयाँ नेतृत्व चयन भएको छ । संघको शुक्रवार सम्पन्न १३औं साधारण सभाबाट कुलबहादुर श्रेष्ठ (कविन)नयाँ कार्यसमिति चयन भएको छ ।
१३ सदस्यीय सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा रेवतीप्रसाद दाहाल,उपाध्यक्षमा शरदजंग राई, सचिवमा खगेन्द्र चापागाई,सहसचिवमा पुण्य बराल र कोषाध्यक्षमा शंकर कार्की चुनिएका छन् ।
यसैगरि, सदस्यहरूमा उमेश श्रेष्ठ, नबिन बजगाई,शैलेन्द्र राय, विकी शर्मा, प्रकाश चौहान, शेखरकुमार अग्रवाल चुनिएका निवर्तमान अध्यक्ष भेनस श्रेष्ठले बताए ।
संघमा दमकमा आवद्ध मोवाइल व्यवसायीहरु आवद्ध छन् । संघले पेशागत हकहितसंगै सामाजिक उत्तरदायीत्व अन्तगर्त विभिन्न सामाजिक कार्यहरु समेत गर्देआएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताएका छन् ।