दमक,१२ असार । लागुऔषध दुरुपयोग एवं ओसारप्रसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा विहिबार दमकमा प्रभातफेरी निकालिएको छ । दमक नगरपालिकाद्वारा आयोजित तथा इलाका प्रहरी कार्यालय दमकको साझेदारीमा जनप्रतिनिधि,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु,विद्यार्थीहरुको सहभागितामा प्रभात–फेरी निकालिएको हो ।
नगरपालिकाको गेटबाट सुरु भएको प्रभातफेरी फाल्गुनन्द चौंक, यलम्बर चोक, बेलडाँगी रोड, नमुना मार्ग हुँदै बजार परिक्रमा गरी पुनः दमक नगरपालिकाको कार्यालयमा आएर समापन गरिएको थियो ।
समापनका क्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र चापागाई, सामाजिक विकास समितिकी संयोजक तथा कार्यपालिका सदस्य शारदा भट्टराई , इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख नविन राई लगायतले लागूऔषधको अवैध कारोवार,सेवन तथा दुरुपयोग नियन्त्रण गर्न समाजका हरेक पक्षको जिम्मेवारी हुनुपर्ने औल्याएका थिए ।